

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट भयो ।
पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले पाँच विकेट लिए । यस्तै हर्मित सिंहले तीन र सैफ जइबले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनायो । सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । यस्तै रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए ।
यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । पोखरा यसअघि नै प्लेअफ पुग्नबाट बाहिरिसकेको छ । समूह चरणको अन्तिम खेलमा भोलि कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाडौंले प्लेअफमा स्थान बनाउनेछ ।
लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाडौं र कर्णाली गरी तीनवटा टोलीबीच प्रतिस्पर्धा छ ।
News Desk 0 response आइतवार, मंसिर ३०, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



