• काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले काठमाडौं गुर्खाजसँग खेल्दैछ ।

    आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग र काठमाडौं चितवन राइनोजसँग पराजित भएका थिए ।

    यस्तै विराटनगरले अहिलेसम्म खेलेका दुईवटै खेल हारेको छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।