• काठमाडौं : पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले ुक्लिन स्वीपु गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले शृङ्खला ुक्लिन स्वीपु गरेको हो ।

    पाकिस्तानले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेट गुमाएर ५२ बलअघि नै भेटायो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा नटआउट ६१ रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदी, जेहन्दाद खान र अब्बास अफ्रिदीले १र१ विकेट लिए । यो खेलमा जेहन्दादले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।

    यसअघि होबर्टमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान १८ ओभर १ बलमा १ सय १७ रनमा आलआउट भयो । पाकिस्तानका बाबर आजमले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका आरोन हार्डीले ३ विकेट लिए । अस्ट्रेलियाले पहिलो खेल २९ रन र दोस्रो खेल १३ रनले जितेको थियो ।

    यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भने पाकिस्तानले २–१ ले जितेको थियो ।