

-
‘फर्च्युन म्यागजिनको पावरफुल बिजनेसमेन २०२४’ को सूचीमा पहिलो स्थानमा एलन मस्क परेका छन्। विश्वकै धनाढ्य एलन मस्क पहिलो स्थानमा र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ यो सूचीको दोस्रो स्थानमा छन् ।
टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले २०२४को फर्च्युनको १०० शक्तिशाली व्यक्तिहरूको सूचीमा शीर्ष स्थान दावी गरेका हुन्। उद्योग, व्यवसाय र त्यसभन्दा बाहिरको क्षेत्रमा पर्याप्त प्रभाव पारेका व्यक्तिहरूको यो सूची हो ।
मस्कलाई पछ्याउँदै, एनभिडियाका सीईओ जेन्सेन ह्वाङ र माइक्रोसफ्टका सीईओ सत्य नाडेला क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । उनीहरूले प्रविधि र आर्टिफिसियल इन्टिलिजेन्समा आफ्नो परिवर्तनकारी प्रभाव देखाएकाले यो सूचीमा परेको बताइन्छ।
यसैगरी, वारेन बफेट चौथो र जेमी डिमन पाँचौं स्थानमा छन् । वित्त र उपभोक्ता प्रविधिको विकासमा योगदान दिएको भन्दै उनीहरूलाई यो स्थान दिइएको हो । यस्तै, टिम कुक यो सूचीको छैटौं स्थानमा परेका छन् । मेटाभर्समा आफ्नो रणनीतिक पिभोटका लागि परिचित मार्क जुकरबर्ग सातौं शक्तिशाली व्यापारी बनेका छन् ।
यसैगरी, ओपनएआईका साम ओल्टम्यान आठौं शक्तिशाली व्यापारी बनेका छन्। एआई विकासलाई अगाडि बढाउनमा उनको भूमिकाको लागि उनको कदर गरिएको हो । मेरी बार्रा र सुन्दर पिचाई क्रमशः ९ र १० औं स्थानमा छन् । अमेजनका जेफ बेजोस ११ औं स्थानमा छन् ।

सूचीमा अम्बानी मात्रै एक भारतीय
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका १०० शक्तिशाली व्यवसायीमा परेका छन् । ‘फर्च्युन म्यागजिनको पावरफुल बिजनेसमेन २०२४’ को सूचीमा पर्ने अम्बानी मात्रै भारतीय हुन्।
यसमा विदेशमा बसोबास गर्ने भारतीय मूलका अन्य ६ जना पनि छन् । यी व्यक्तिहरू ठूला व्यवसायका संस्थापक, प्रमुख कार्यकारी र आविष्कारकहरू हुन्।
फर्च्युन सूचीमा अम्बानी १२ औं स्थानमा
फर्च्युनले हालसालै यो सूची जारी गरेको हो। यसमा अम्बानी १२ औं स्थानमा परेका छन् । फोर्ब्सका अनुसार अम्बानी एसिया र भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति करिब ९८ बिलियन डलर ९७।६ लाख करोड भारतीय रुपैयाँ० छ। २०२४को नोभेम्बर १३सम्म रिलायन्स इन्डस्ट्रिजको बजार पुँजी १६।९६ लाख करोड भारतीय रुपैयाँ छ। रिलायन्स इन्डस्ट्रीजले पेट्रोकेमिकल्स, रिटेल, मनोरञ्जन, टेलिकम र अन्य क्षेत्रमा काम गरिरहेको छ।
अम्बानी परिवारको व्यापार साम्राज्य
अम्बानी परिवारले आफ्नो व्यापार साम्राज्यको उत्तराधिकारी बन्नको लागि अर्को पुस्तालाई नियुक्त गर्ने दिशामा काम गरिरहेको छ। उनका जेठा छोरा आकाश अम्बानी रिलायन्स जियोका अध्यक्ष हुन् । कान्छो छोरा अनन्त अम्बानी ऊर्जा क्षेत्रमा कार्यरत छन्। त्यस्तै, छोरी ईशा अम्बानीले रिलायन्स रिटेलको नेतृत्व गरिरहेकी छिन् । रिलायन्स रिटेलले नोभेम्बर १४मा आफ्नो फेसन स्टोर केन्द्रहरू अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो। देशभरि जम्मा ३३ फेसन स्टोर सेन्टरहरू छन्। तर, यी अस्थायी रूपमा मात्र बन्द छन्। रिपोर्टका अनुसार रिलायन्स रिटेलले नोभेम्बरको अन्त्यसम्ममा २० भन्दा बढी स्टोर बन्द गर्न सक्नेछ ।
News Desk 0 response शुक्रबार, कार्तिक ३०, २०८१

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



