

-
हवाईजहाज निर्माता कम्पनी बोइङका कर्मचारीले सात हप्ता लामो हडताल अन्त्य गरेका छन् । गएको सेप्टेम्बर १२ तारिखदेखि शुरू भएको हडताल आज व्यवस्थापनसँग सम्झौता भएपछि टुङ्गिएको बीबीसीले जनाएको छ ।
सम्झौताअनुसार अबको चार वर्षमा कर्मचारीको तलब ३८ प्रतिशतले बढ्नेछ । युनियनले ४० प्रतिशत तलब वृद्धि गर्न माग गरेको थियो । अन्तर्राष्ट्रिय एसोसिएशन अफ मेशिनस्ट्स एन्ड एयरोस्पेस वर्कर्स (आईएएम) युनियनले यही नोभेम्बरको १२ तारिखसम्ममा सबै कामदार काममा फर्किने जनाएको छ ।
लामो हडतालले बोइङको क्रेडिट रेटिङ्गमा गिरावट ल्याउने र ऋण प्राप्त गर्न समस्या हुने चेतावनीपछि बोइङको व्यवस्थापन कर्मचारीका माग पूरा गर्न बाध्य भएको हो । ३० हजार जना कर्मचारीको हडतालका कारण विमान उत्पादनमा व्यापक ढिलाइ भएको छ भने कम्पनीको आर्थिक सङ्कट झनै बढेको छ ।
विगतका केही महिनाहरू व्यवस्थापन र कामदार सबैका लागि कठिन भए पनि अब एउटै टिमका सदस्यका रूपमा तीव्र गतिमा काम हुने बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले बताउनुभएको छ । खराब आर्थिक अवस्थाबाट गुज्रिएको बोइङ कम्पनी कर्मचारीको हडतालका कारण झनै समस्यामा छ ।
पछिल्लो तीन महिनामा मात्रै बोइङ कम्पनी ४० अर्ब डलर घाटामा रहेको छ । गएको हप्ता कम्पनीले २० अर्ब डलरभन्दा धेरै मूल्य बराबरको शेयर बिक्री शुरू गरेको छ । गएको महिना बोइङ कम्पनीले १७ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यससम्बन्धी थप निर्णय र सूचना यसै महिनाको मध्यसम्ममा जारी हुने खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २०, २०८१

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



