

-
इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी जनाएको छ । इजरायल र लेबनानबीच हुने सम्झौताको मस्यौदा सार्वजनिक पनि भएको छ । यो मस्यौदा अमेरिकाले तयार पारेको हो । सम्झौता भएमा इजरायल र लेबनानको सैन्य सङ्गठन हिजबुल्लाहबीचको लडाईँ अन्त्य हुनेछ ।
अमेरिकी राजदूत एमोस होचस्टेनले तयार पारेको यो मस्यौदाबाट इजरायलको युद्ध मन्त्रिपरिषद् सन्तुष्ट रहेको र यसलाई स्वीकार गर्ने सम्भावना उच्च रहेको समाचारमा उल्लेख छ । मस्यौदा अनुसार सम्झौतामा हस्ताक्षर भएको सात दिनभित्र इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सेना फिर्ता लिनुपर्नेछ, जसको पर्यवेक्षण अमेरिका र अरू देशहरुले गर्नेछन् ।
यस्तै लेबनानले दक्षिणी लेबनानमा ६० दिनभित्र कुनै पनि अनौपचारिक सैन्य समूहलाई निशस्त्र पार्नुपर्नेछ । यस्तै लेबनानले आफ्नो क्षेत्रमा हतियारको बिक्री र उत्पादनको अनुगमन गर्नुपर्नेछ र हिजबुल्लाह वा अन्य सशस्त्र समूहमा हतियारको पहुँच पुग्न नदिनुपर्ने उल्लेख छ । सम्झौतापछि लेबनानी सेना र संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) मात्रै दक्षिणी लेबनानमा रहनुपर्नेछ ।
लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले पनि केही दिनमै इजरायलसँग युद्धविराम हुने आशा व्यक्त गर्नुभएको छ । हिजबुल्लाहले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायलको सेनाले लेबनानी भूमिमै प्रवेश गरे आक्रमण गरिरहेको छ । पछिल्लो एक महिनामा मात्रै इजरायलको आक्रमणबाट २८ सय जनाभन्दा धेरै लेबनानीको ज्यान गएको छ । मिसाइल र रकेटले लेबनानका सयौँ भौतिक संरचना ध्वस्त भएका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


