• काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रच्ने नेपालको सपना यो पटक पनि अधुरै बनेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग १–२ गोल अन्तरले पराजित बन्दै नेपाल उपविजेतामै सीमित बनेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।