

-
तनहुँ : शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिर्सोट सञ्चालनमा ल्याएसँगै याे क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कुनै समयमा सिउसाँझै स्याल कराउने तथा मानिस एक्लै हिड्डुल गर्न डराउने झाँगाझोलीमा रिर्सोट सञ्चालनमा ल्याएसँगै पर्यटककाे चहलपहल बढेकाे हाे । नेपालीहरुको महान पर्व बडा दशैँ नजिकिएसँगै आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । साँझको समयमा पर्यटकहरुको चहलपहलमा बृद्वि हुन थालेको झाँगाझोलीका सञ्चालक शंकरप्रसाद अधिकारीले जानकारी दिए ।
रातको समयमा देखिने आकर्षक किसिमको गौरादेवी नेचुरल पार्कको अवलोकन गर्न पर्यटकलाई लठ्ठ बनाउने गरेको अधिकारीकाे दाबी छ । एक पटक आएका पर्यटकलाई पुनः आउने गरेकाे आउँ बनाउने गरेको छ ।
पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । रिसोर्ट करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा तीन जना संचालकको लगानी रहेको छ ।
दसैंका कारण विद्यालय बिदा भएसंगै व्यवस्थित चिल्ड्रेन पार्ककमा रमाउन बालबालिकाहरुको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ, उनले भने, ‘रातको दृश्यवलोकनका लागि मानिसहरुको आकर्षण बढ्ने गरेको छ ।’

झाँगाझोलीले ग्राहकको मागलाई मध्यनजर गर्दै तन्दुरी कर्नर समेत संचालनमा ल्याइसकेको जनाएको छ । साँझ १० बजेसम्म पर्यटकहरु यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । बिशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणको लागि आउने गरेका छन् ।
अहिले दिनमा ३ सयसम्म पर्यटकहरु घुम्न आउने गरेका छन् । पाहुनाका लागि पारिवारिक वातावरणको व्यवस्थामा सेवा प्रवाह गर्ने गरिएकाले यसको सकारात्मक प्रभाव ग्राहकवर्गमा परेकाले चहलपहलमा बृद्वि हुदै गएको छ ।
झाँगाझोलीले पर्यटनसंगै नमुना अर्गाानिक तरकारी खेती समेत सुरु गरेको छ । करिब ५ रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको अर्का संचालक उज्वल पौडेलले जानकारी दिए । उनका अनुसार यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको हो । एकिकृत नमुना कृषितर्फ च्याउ र मौरी जडिबुटीको खेती थालिएको छ ।
बिहान उठेपछि हरियाली जंगलको मनमोहक दृश्य र खोलाको कलकल आवाजले पर्यटकहरु आनन्द लिने गरेका छन् । झाँगाझोलीमा एसीसहितको अत्याधुनिक व्यवस्थासहितका दश वटा कोठा रहेका छन् । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित तीन खोले मन्दिरमा जाने भक्तजन र पर्यटकहरु पनि यस झाँगाझोलीमा आउने गरेका छन् ।
नेपाल सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्रेका लागि सडक विभागले रु. १ करोड बजेट बिनियोजन पश्चात ठेक्का सम्झौता भइसकेको छ ।
त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्रे गर्नका लागि रु.५० लाख बजेट बिनियोजन गरेको छ । विकास निर्माण कार्यले तीब्र गति लिइरहेकाले यस क्षेत्रको भविष्य उज्वल देखिएको स्थानीयबासी बताउँछन् ।
News Desk 0 response मङ्लबार, अशोज २२, २०८१

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



