

-
काठमाडौं : युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदैछन् ।
आज राति साढे १० बजे आरबी साल्जबर्ग र ब्रिस्ट तथा भीएफबी स्टुटगार्ट र स्पार्टा प्राहा खेल्दैछन् । ब्रिस्टले पहिलो खेल जितेको थियो भने साल्जबर्गले हारेको थियो । स्पार्टा प्राहाले पहिलो खेल जितेको थियो भने स्टुटगार्टले हारेको थियो ।
यस्तै राति पौने १ बजे डर्टमन्ड र सेल्टिक तथा पीएसभी र स्पोर्टिङ खेल्दैछन् । पहिलो खेलमा डर्टमन्ड र सेल्टिक दुवै विजयी भएका थिए । यस्तै स्पोर्टिङले पहिलो खेल जितेको थियो भने पीएसभीले हारेको थियो ।
यस्तै राति पौने १ बजे नै स्लोभान ब्राटिसलाभा र म्यान्चेस्टर सिटी तथा बार्सिलोना र योङ्ग ब्वाइज खेल्दैछन् । सिटीले पहिलो खेलमा बराबरी खेलेको थियो भने ब्राटिसलाभाले हारेको थियो । यस्तै बार्सिलोना र योङ्ग ब्वाइज पहिलो खेलमा पराजित भएका थिए ।
यस्तै आजै राति पौने १ बजे लेभेरकुसेन र एसी मिलान तथा इन्टर मिलान र क्रेभेना जेभेज्दा खेल्दैछन् । लेभेरकुसेनले पहिलो खेल जितेको थियो भने मिलानले हारेको थियो । इन्टरले पहिलो खेलमा बराबरी खेलेको थियो भने जेभेज्दाले हारेको थियो ।
यस्तै राति पौने १ बजे नै आर्सनल र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् । पीएसजीले पहिलो खेल जितेको थियो भने आर्सनलले बराबरी खेलेको थियो ।
News Desk 0 response मङ्लबार, अशोज १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



