

-
बेरुत : लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । यसले ठुलो युद्धको डर थपेको छ।
हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह नेताहरू मध्ये एक रहेको बताएको हो ।
यसअघि, लेबनानी अधिकारीहरूले इरानसमर्थित समूहको गढ रहेको सहरको दक्षिणी दहेह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएका थिए।
आक्रमणबाट कम्तीमा एउटा आवासीय भवनमा भत्किएको छ भने अन्यमा ठुलो क्षति पुगेको थियो। उद्धार टोलीहरू आक्रमण भएको ठाउँमा पुगेर घाइतेहरूलाई उद्धार गर्ने र भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका बेला त्यहाँ अस्तव्यस्त दृश्यहरू देखिएका थिए।
हिजबुल्लाह समूहका लागि यो अर्को अपमानजनक प्रहार थियो । केही दिनअघि मात्र समूहले प्रयोग गर्ने पेजरहरू र वाकी(टकीहरू विस्फोट भएका थिए । ती विस्फोटमा दर्जनौँ मारिए भने हजारौँ घाइते भएका छन् । यो पनि इजरायलले गरेको विश्वास गरिन्छ।
हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएपछि शुक्रबारको आक्रमण बेरुतमा भएको पहिलो आक्रमण हो ।
News Desk 0 response शनिबार, अशोज ५, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


