

-
काठमाडौं : पेरिस पारा ओलम्पिक २०२४ समापन भएको छ । गएको अगस्ट २८ देखि शुरू भएको प्रतियोगिता भव्य समारोहका बीच गएराति समापन भएको हो ।
प्रतियोगितामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले ९४ स्वर्ण, ७६ रजत र ५० कांस्यसहित दुई सय २० वटा पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्यसहित एक सय २४ वटा पदक जितेको छ । यसैगरी ३६ स्वर्ण, ४२ रजत र २७ कांस्यसहित एक सय पाँच वटा पदक जित्दै अमेरिका तेस्रो स्थानमा छ ।
यस्तै नेदरल्यान्ड्स २७ स्वर्णसहित चौथो, ब्राजिल २५ स्वर्णसहित पाँचौं, इटाली २४ स्वर्णसहित छैटौं, युक्रेन २२ स्वर्णसहित सातौं, फ्रान्स १९ स्वर्णसहित आठौं, अस्ट्रेलिया १८ स्वर्णसहित नवौं र जापान १० स्वर्णसहित दशौं स्थानमा रहेका छन् ।
पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्न सफल भइन् । पलेशाले तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालको यो पहिलो पदक हो ।
News Desk 0 response सोमवार, भदौ २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



