

-
काठमाडौं : बङ्गलादेशले पाकिस्तानसँगको दुई खेलको टेस्ट शृङ्खलामा ऐतिहासिक ‘क्लिन स्वीप’ गरेको छ ।
पाकिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य खेलको पाँचौं दिनमा ४ विकेट गुमाएर पूरा गर्दै बङ्गलादेशले इतिहास रचेको हो । बङ्गलादेशका जाकिर हसनले सबैभन्दा धेरै ४० रन बनाए । बलिङतर्फ पाकिस्तानका मिर हम्जा, खुर्रम शहजाद, अब्रार अहमद र अघा सलमानले समान १ विकेट लिए ।
घरेलु टोली पाकिस्तान दोस्रो पारीमा १ सय ७२ रनमा अल आउट भएको थियो । उसका अघा सलमानले नट आउट ४७ र मोहम्मद रिजवानले ४३ रन बनाएका थिए । बलिङतर्फ बङ्गलादेशका हसन महमुदले ५ र नहिद रानाले ४ विकेट लिए ।
यसैगरी पाकिस्तानले पहिलो पारीमा सइम अयुब, शन मसूद र अघा सलमानको अर्धशतकमा २ सय ७४ रन बनाएको थियो । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन मिराजले ५ र तस्किन अहमदले ३ विकेट लिए ।
बङ्गलादेशले पहिलो पारीमा लिटन दासको शतक र मेहदी हसनको अर्धशतकको मद्दतमा २ सय ६२ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका खुर्रम शहजादले ६ विकेट लिएका थिए ।
पहिलो टेस्टमा बङ्गलादेशले पाकिस्तानलाई १० विकेटले हराउँदै इतिहास रचेको थियो । टेस्ट क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई पहिलो पटक हराएको थियो ।
News Desk 0 response मङ्लबार, भदौ १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



