

-
ट्रेकिङ एजेन्ट्स एसोसियसन नेपाल टानको निर्वाचन सोमवार हुँदैछ । यसका लागि भिन्नाभिन्नै टीम चुनावी मैदानमा छ । यसका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशील व्यवसायीहरुको प्यानलले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।
आफैं पनि पर्यटन मजदूरबाट आएका सापकोटाले यस क्षेत्रका व्यवसायी तथा श्रमिकको हित रक्षा,नयाँ पदमार्ग पहिचान तथा पूरानाको विकास विस्तारलगायतका दीर्घकालीन र तत्कालीन योजनाहरु अघि सारेका छन् ।
दुई वर्षका लागि हुने नेतृत्व निर्वाचनमा यसपटक १३ सय ९७ मतदाताले मतदान गर्नेछन् ।
सापकोटा अध्यक्ष रहेको प्यानलमा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ,एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन,शेर्पा पर्यटन व्यवसायी संघलगायत अग्रज र युवा व्यवसायीहरुको समर्थन र सहभागिता रहेको छ ।सापकोटाको प्यानललाई नेपाल कोरिया ट्रेकिङ टुर एशोसियसन कोटानलगायतका संस्थाले समेत समर्थन जनाएको छ ।
सापकोटा प्यानलको बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा,प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद लम्साल,द्धितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र प्रसाद सुवेदी उम्मेदवार रहेको प्रचार प्रचार समितिले जनाएको छ ।सापकोटा प्यानलको सचिवमा रिन्जी जाङ्बु शेर्पा,कोषाध्यक्ष गौतमराज वाग्ले,सहकोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा उम्मेदवार छन् भने सदस्यहरुमा पवित्रा तामाङ,सागर राई,सुमन अर्याल,विश्व दाहाल,निदेश तिम्सिना,राजु गुरुङ,छप्टा लामा,भुवनवहादुर खड्का र दावा ग्याल्त्सेन लामा उम्मेदवार छन् ।
अध्यक्षका उम्मेदवार सापकोटालाई यसपटक काँग्रेस र एमालेका पर्यटन व्यवसायी संगठनको संस्थागत समर्थनका साथै शेर्पा पर्यटन व्यवसायीहरुको बलियो साथ छ ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटासँग सागर पाण्डे भिड्दैछन् । माओवादी आबद्ध पाण्डेलाई काँग्रेसको एउटा असन्तुष्ट समूहले उचालेको थियो । तर, पर्यटन क्षेत्रको ठूलो हिस्सा भने सापकोटा प्यानलको पक्षमा उभिएको छ ।
News Desk 0 response शनिबार, भदौ १५, २०८१

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



