

-
काठमाडौं : नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको छ । गत वर्षको कात्तिक २७ गते सरकारले टिकटक बन्द गरेको थियो ।
टिकटकका माध्यमबाट सामाजिक सदभाव खल्बलिने गतिविधि भएको भन्दै नेपाल सरकारको मन्त्रीपरिषदले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तर अब भने सरकारले नै टिकटकमाथिको प्रतिबन्ध फुकाउने तयारी गरेको हो । तत्कालीन प्रचण्ड सरकारको क्याबिनेटले निर्णय गरेर बन्द गरेको टिकटक १० महिनापछि खुलाउने तयारी भएको हो ।
सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध फुकाउन लागेको हो । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले यसका लागि आवश्यक अध्ययन गर्न कर्मचारीलाई निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिबन्ध फुकाउन सहमति जनाउने छाँट देखाइसकेका छन् । जसपश्चात मन्त्रीले कर्मचारीहरुलाई अध्ययन र प्रक्रिया पुर्याएर टिप्पणी उठाउन निर्देशन दिएका हुन्।
टिकटकले पटकपटक आफूहरु नेपालमा दर्ता भएर सञ्चालनमा आउन तयार रहेको र नेपालको कानुन मान्न तयार रहेको भन्दै परिपत्र गरेको थियो । यस लगत्तै नेपाल सरकारले टिकटक खुलाउने भएको हो।
केही दिनअघि, टिकटकले नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयलाई केही प्रतिबद्धतासहित पत्राचार गरेको थियो । टिकटकले आफू नेपाल सरकारको कानुन मान्ने र सम्पूर्ण प्रक्रिया पुरा गर्न तयार रहेको उल्लेख गरेको थियो ।
News Desk 0 response मङ्लबार, भदौ ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



