

-
काठमाडौं : तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई ३ रनले हराएको छ । अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा बाईमार्फत १ रन ल्याउन सकेपछि आयरल्यान्ड ‘ए’ माथि नेपालले रोमाञ्चक जित निकालेको हो ।
नेपाल ‘ए’ ले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो । आयरल्यान्ड ‘ए’ का ग्यारेथ डेलनीले ६८, मर्गन टपिङले ६० रन बनाए । नेपाल ‘ए’ का विपिन खत्रीले ३ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर दुई सय १३ रन बनायो । नेपालका आरिफ शेखले ४८ बलमा अविजित सर्वाधिक ९३ रन बनाए । रशिद खान १२ बलमा २४ रन बनाएर आउट भए । त्यस्तै कमलसिंह ऐरी १९ रनमा अविजित रहे ।
यो जितसँगै नेपाल शृङ्खला ‘क्लिन स्वीप’ हुनबाट जोडिएको छ । आयरल्यान्ड ‘ए’ ले यसअघि नै शृङ्खला जितिसकेको छ । नेपालले शुरुवाती २ खेलमा हार बेहोरको थियो ।
अब यी दुई टोलीबीच पर्सि बुधवारदेखि ३ खेलको एकदिवसीय शृङ्खला शुरु हुनेछ । एकदिवसीय शृङ्खला त्रिवि क्रिकेट मैदानमै हुनेछ ।
News Desk 0 response सोमवार, चैत्र १९, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


