

-
काठमाडौं : धादिङको सिस्नेखोलादेखि काठमाडौं सतुङ्गल जोड्ने निर्माणाधीन नागढुङ्गा सुरूङ छिचोलिने मिति धकेलिएको छ । यसअघि आयोजनाले हिजो मुख्य सुरूङ छिचोल्ने मिति तोकेको थियो । स्थानीयको अवरोधका कारण सबै काम ठप्प हुँदा हिजो सुरूङ छिचोल्न नसकिएको आयोजनाका उपनिर्देशक गोविन्द डुमरूले बताए ।
उनका अनुसार आयोजनाले सुरूङमार्ग माथिका घरहरू अधिग्रहण गर्ने र मुआब्जा दिने योजना बनाएको छैन । सुरूङ खन्ने क्रममा केही ठाउँमा भासिएको र आफ्नो घरजग्गामा बस्न योग्य नभएको भन्दै स्थानीयले सुरूङमार्ग माथिका घरहरूको पनि मुआब्जा माग गरिरहेका छन् ।
त्यस्तै उनीहरूले सुरूङमार्ग प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग राखेका कारण फागुन ६ गतेदेखि आयोजनाको सबै काम ठप्प रहेको छ । आयोजनाका कारण खानेपानीका स्रोत सुकेकाले अब आयोजनाले सधैँका लागि खानेपानीको स्रोत व्यवस्था गरिदिनुपर्ने माग स्थानीयको माग छ ।
उपनिर्देशक डुमरूका अनुसार अब आयोजनाको मुख्य सुरूङ १४ मिटर खन्न बाँकी छ । १४ मिटर खनेपछि सुरूङ छिचोलिन्छ । तर स्थानीयको अवरोधका कारण काम कहिलेसम्म सकिन्छ भन्ने यकिन छैन । यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन् । रेस्क्यु सुरूङको छिचोलिइसकेको छ । आयोजनाको मुख्य सुरूङमा गाडी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २४, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


