

-
काठमाडौं : अहिले काठमाडौं सहित देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको छ ।
अहिले विशेष गरेर बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो ।
आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । आज राति कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलिदेखि मौसम सुधार हुन थाल्नेछ ।
यसैबीच बाक्लो हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगडी सडक खण्ड अवरुद्ध भएको छ । हिमपात हुने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न निकै कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले बताए । मौसममा सुधार आउनासाथ हिउँ हटाएर सडक खुलाउने तयारी भइरहेको उनले बताए ।
यस्तै मुस्ताङमा पनि अत्यधिक हिमपातका कारक सडक, बिजुली र सञ्चार सम्पर्कविच्छेद भएको छ । सशस्त्र प्रहरीका अनुसार कोरला राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा कोरला नाका घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई आवतजावतमा कठिनाइ भएको छ । पर्यटक र स्थानीयवासीको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन् । पाइपको पानी जमेका कारण पनि समस्या भएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २०, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


