• काठमाडौं : निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् ।

    गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

    सार्वजनिक शान्ति विरुद्दको कसुरमा थुनामा रहेका उनीहरुलाई हिजो रिहा गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।