

महानिरीक्षको अधिकारमा हस्पक्षेप हुँदा ८ एसपी बन्न ८ महिना बिलम्व
१२ बाट ८ झार्न मुश्किल हुँदा ८ महिनासम्म बढुवा हुन सकेन
-
नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावलीमा एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने लेखिएको छ । तर, अहिले आठ महिना बितिसक्दा पनि आठ जना पदपूर्ति भएको छैन । पदपूर्तिको लाईनमा बाह्रजना डिएसपी छन् । तर, खाली पद आठ मात्र रहेको छ ।
दुई एसपी ३९ वर्षे सेवाअवधिका कारण र अन्य ६ जनाको बढुवा भएसँगै रिक्त ८ एसपीको पदपूर्तिका लागि आठ महिना हुँदा पनि सुरसार छैन ।
गत साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश भएपछि दुई पद रिक्त भएको थियो । त्यस्तै गत कात्तिक २४ गते पाँच जान एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त भए । त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भयो ।
अहिले एसपी बन्न १२ डीएसपी छन् । उनीहरू ०७२ साउन १ गते डीएसपी बनेका थिए ।जो ०६१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू हुन् ।
आठ जनामध्ये पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन् ।यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको मुख्य प्रतिस्पर्धी हुन् । उनीहरुले शक्तिकेन्द्रको प्रयोग गरिरहेका कारण समस्या आएको प्रहरी महानिरक्षको सचिवालयका एक अधिकृतले बताए । १२ मध्ये कार्यक्षमताका आधारमा र सिनियरको आधारमा बढुवा गर्नुपर्ने भएपनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयको दवावले समस्या पारेको ती अधिकृतले वताए ।एसपीसम्म बढुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई हुन्छ । यसपटक एसपी बढुवामा शक्ति केन्द्रले बढि नै चासो देखाएकोले पनि बढुवा समयमै हुन नसकेको हो ।
News Desk 0 response बिहिबार, फाल्गुन १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


