• युक्रेनको हतियार उत्पादन तीन गुनाले बढेको छ । अहिले देशको रक्षा क्षेत्रमा पाँच सय वटा कम्पनीले काम गरिरहेका किभका रणनीतिक उद्योगमन्त्रीले बताएका रोयटर्सले जनाएको छ ।

    उद्योगमन्त्री ओलेक्सान्डर कामिसिनले आज किभमा भएको एक कार्यक्रममा अहिले राज्यका एक सय र चार सय वटा निजी कम्पनीले काम गरिरहेको तथा यस वर्ष गोला बारुदको उत्पादन उल्लेख्य मात्रामा बढाउने योजना बनाएको बताए ।

    रुससँग युद्ध शुरु भएको दुई वर्ष पुगिसक्दा युक्रेनले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने उपायहरू खोजिरहेको छ । साथै युक्रेनले स्वदेशी हतियार उत्पादन र नवीनता बढाउँदै लगेको खबरमा उल्लेख छ ।

    यस्तै अर्कै कार्यक्रममा युक्रेनका प्रविधिमन्त्री मायखाइलो फेडोरोभले रुसी सेनाविरुद्दको युद्धमा प्रयोग गरिएको मध्ये ९० प्रतिशत ड्रोन देशमै बनेका बताए ।