

-
काठमाडौं : दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने भएको छ । आजदेखि सडक दिउँसो पनि बन्द नहुने भएको हो । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको थियो । यसका लागि तेस्रो पटक थपेको म्याद हिजो शनिवार सकिएको छ ।
पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेको र अब यही कामका लागि भनेर गाडी रोक्नु नपर्ने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख केदार नेपालले बताए । यो सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द हुँदै आएको थियो ।
अब पुल निर्माण हुने ठाउँमा ढिस्को भत्काउने काम एकरदुई मिटर मात्रै बाँकी रहेको आयोजनाको पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख नेपालले बताए । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गएको वर्ष र यसवर्ष पुसदेखि दैनिक सडक बन्द हुने गरेको थियो ।
६० मिटर अग्लो पहाडमध्ये गएको वर्ष २५ मिटर र यसवर्ष बाँकी काम गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएको र अब बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए ।
तुइन खोलामा ६० मिटर लम्बाइको पुल बन्नेछ । यो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । तीमध्ये अहिलेसम्म ८ वटा पुल निर्माण भएर गाडी गुडिरहेका छन् । बाँकी ६ वटा पुलमा गाडी गुड्ने चरणमा पुगेको छ ।
कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या हुँदै आएको हो । सडक विस्तार गरेसँगै यो सडकखण्ड ९ देखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई काठमाण्डौसँग जोड्ने मुख्य सडकमा दैनिक हजारौँको सङ्ख्यामा गाडी गुड्ने गरेका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन १३, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


