

-
तेल अभिभ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँग चलिरहेको युद्ध समाप्त भएपछि गाजा प्रशासनको योजना प्रस्तुत गरेका छन् । यो योजना अनुसार इजरायलले गाजा पट्टीको सुरक्षा अनिश्चितकालसम्म आफ्नो हातमा राख्नेछ।
यद्यपि, अमेरिका भने वेस्ट बैंकको प्रशासनको निरीक्षण गर्ने प्यालेस्टिनी प्राधिकरण (पीए) लाई गाजा प्रशासनको जिम्मेवारी दिइयोस् भन्ने चाहन्छ । तर बेन्जामिन नेतान्याहुले हिजो राति आफ्ना मन्त्रीहरूलाई दिएको योजनामा पीएको कुनै उल्लेख गरिएको छैन। पीए अध्यक्ष महमूद अब्बासका प्रवक्ताले नेतान्याहुको योजना असफल हुने बताए।
योजनाअनुसार आवश्यक सार्वजनिक प्रशासन क्षमताहरू बाहेक इजरायलले गाजालाई पूर्ण रूपमा निशस्त्रीकरण गर्नेछ। भूमिगत तस्करी रोक्न इजिप्टसँगको सीमामा कडा सुरक्षा व्यवस्था गरिनेछ ।
इजरायलले जोर्डनको पश्चिममा जल, जमिन र हवाई क्षेत्रको नियन्त्रण गर्नेछ। जनतालाई कट्टरपन्थीबाट टाढा लैजान सबै धार्मिक, शैक्षिक तथा कल्याणकारी संस्थामा कार्यक्रम सञ्चालन गरिनेछ ।
अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि इजरायलको सैन्य कारबाही सुरु भएदेखि युद्धपछि गाजा प्रशासनसँग सम्बन्धित योजना खुलाउन नेतान्याहुमाथि दबाब बढेको छ ।
News Desk 0 response शनिबार, फाल्गुन १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


