

-
काठमाडौं : गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावविरुद्द अमेरिकाद्वारा भिटो प्रयोग भएको छ । अमेरिकाले आफ्नो विशेषाधिकार प्रयोग गर्दै भिटो प्रयोग गरेको हो । त्यसअघि अमेरिकाले अस्थायी युद्धविरामका लागि आफ्नो छुट्टै प्रस्ताव पेस गरेको बीबीसीले जनाएको छ ।
युद्धविरामका लागि अल्जेरियाले गरेको प्रस्तावका कारण युद्ध अन्त्य गर्ने वार्ता बिथोलिन सक्ने अमेरिकाको तर्क छ । राष्ट्रसङ्घको १५–सदस्यीय सुरक्षा परिषद्मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका छन्। बेलायत मतदान प्रक्रियामा सहभागी भएन । सुरक्षा परिषद्वाट पारित प्रस्ताव कानुनी रूपमा बाध्यकारी हुन्छ ।
युद्धविरामको प्रस्ताव पारित भयो भने इजरायलले त्यो अस्वीकार गर्न पाउँदैन । त्यसैले सुरक्षा परिषद्को मतदान राष्ट्रसङ्घीय महासभाको भन्दा फरक छ । चीनले अमेरिकी भिटोको भर्त्सना गर्दै त्यसले गलत सन्देश दिएको र हत्या गर्ने काम जारी राख्न बाटो खोलिदिएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।
अमेरिका र इजरालका कतिपय साझेदार देशले समेत भिटो प्रयोग गर्ने अमेरिकी कामको विरोध गरेका छन् । अमेरिकाले दर्ता गरेको छुटै प्रस्तावमा अस्थायी युद्धविरामका लागि सबै बन्धकहरू रिहा गर्नुपर्ने र गाजातिर पठाइने सहायता रोक्ने अवरोध हटाइनुपर्ने उल्लेख गरेको छ ।
इजरायलले ठूलो क्षति हुने गरी चलाएको सैन्य कारबाही रोक्न आफ्नो शक्ति प्रयोग गर्नका लागि अमेरिकामाथि अन्तर्राष्ट्रिय दबाब छ । तर अमेरिकाले इजरायलसँग आत्मरक्षाको अधिकार रहेको जोड दिँदै आएको छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा अहिलेसम्म गाजामा २९ हजार जना भन्दा धेरेको ज्यान गइसकेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन ९, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


