• काठमाडौं ।

    नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरू भएको छ । जारी बैठक ३ दिन चल्नेछ ।

    यस अघि सचिवालय बसेर बैठकका लागि ६ वटा कार्यसूची तयार गरिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गरिरहेका छन् ।

    बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा मुख्य एजेण्डा छ । एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको छ ।

    सरकारका कालाकर्तुत बिरुद्ध शसक्त आवाज नउठाएको आरोप लाग्न थालेको छ । पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाब, समसामयिक प्रस्ताव पनि एजेण्डाको रुपमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी जिानकारी दिएका छन् ।