• काठमाडौँ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भ्रष्टाचारलगायतका फाइल माओवादीकै सांसद र नेता बाट सुरु गर्न चुनौती दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पनि मुसिएका भए रास्वपाबाट पनि सुरु र्गा चुनौती दिए ।

    उनले सरकारले आफ्ना मान्छे बचाउन र अन्यलाई फसाउन खोजेको गन्ध आएको पनि बताए।

    ‘आफ्ना मान्छेलाई बचाउन खोज्ने र अन्यलाई फसाउन गर्ने प्रयासको गन्ध आएकोले म ध्यानाकर्षण गराउँछु। सरकारले फाइल खोल्ने हो भने म हुँदै मेरा सांसदहरूको फाइल खोलोस्, तर अर्को फाइल नखोलोस्। किनकी सरकारले फाइल खोल्ने भनेको आफ्ना मान्छे बचाउन रहेछ,’ उनले भने।

    लामिछानेले सरकारले फाइल किन खोल्दो रहेछ भन्ने उदांगो भएको बताएका छन्। दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको बताए ।

    ‘बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भनेका युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो,’ लामिछानेले भने, ‘यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिदै आएको थियो। अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ । यसबारे न प्रधानमन्त्री चुइक्क बोल्नुहुन्छ । न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ ।’