

-
काठमाडौं : आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको छ । यस्तै जितिया मनाउने महिला कर्मचारीहरूले जितिया पर्वको बिदा पाउँछन् । शिक्षण संस्थाहरूमा वसन्त पञ्चमीमा थप बिदा हुन्छ । काठमाण्डौ उपत्यकामा विभिन्न जात्राका लागि थप चार दिन, गौरा पर्व मनाउने क्षेत्रमा एक दिन, सिरुवा पावनी पर्व मनाउने ठाउँमा एक दिन सार्वजनिक बिदा छ । यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका दिन अपाङ्गता भएका कर्मचारीहरूले बिदा पाउँछन् । यस्तै आउँदो वर्ष वर्षभरिका शनिवार बिदा ५३ दिन परेको छ ।
राजपत्रमा प्रकाशित बिदा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि लागू हुन्छ । विदेशमा रहेका नेपाली नियोगहरूले सम्बन्धित देशका सार्वजनिक बिदाहरूलाई समेत हेरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्छन् ।
जनयुद्ध दिवसको बिदा सर्वोच्च अदालतको आदेशसँगै यस वर्षदेखि नै बदर भएको थियो । अर्को वर्षका लागि शहीद दिवस र पृथ्वी जयन्तीको बिदा थप भएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


