

-
काठमाडौं : भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानहरूले विभिन्न माग राख्दै सङ्घीय राजधानी दिल्लीको यात्रा शुरु गरेका छन् । पन्जाबको फतेहगढबाट किसानहरूले दिल्लीको यात्रा शुरु गरेका बीबीसी हिन्दीले जनाएको छ ।
किसानहरूलाई रोक्नका लागि दिल्ली पुलिसले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जसका कारण केही मुख्य सडकहरूमा गाडीको लामो लाइन लागेको छ ।
यसैबीच ठूलो सङ्ख्यामा ट्रयाक्टर, ट्रली लिएर दिल्लीतर्फ बढिरहेका किसानहरूको भीडलाई तितरबितर गर्नका लागि पन्जाब र हरियाणको बीच शम्भू बोर्डर नजिक प्रहरीले ड्रोनबाटै अश्रृ ग्यास प्रहार गरेको बीबीसी हिन्दीले जनाएको छ । केही किसानहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।
किसानहरू दिल्ली आउने भएपछि पन्जाब, हरियाणा र दिल्लीको सीमामा ठूलो सङ्ख्यामा बेरिकेड लगाइएको छ । दिल्ली आउने मुख्य सडकहरूमा कन्टेनर, बस र क्रेन राखिएको तथा केही ठाउँमा सिमेन्टको ब्यारिकेड लगाइएको खबरमा उल्लेख छ । दिल्ली पुलिसले पूरै प्रदेशमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।
किसानहरूको प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थलले सडकको अवस्थाको जानकारी लिएर मात्र यात्रामा निस्कन आग्रह गरेको छ ।
उनीहरूले केन्द्र सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, किसानहरूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने, किसानहरूलाई प्रदूषण कानुनभन्दा बाहिर राख्नुपर्ने, लगायतका माग राखेका छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन १, २०८०


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१