

-
काठमाडौं : भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानहरूले विभिन्न माग राख्दै सङ्घीय राजधानी दिल्लीको यात्रा शुरु गरेका छन् । पन्जाबको फतेहगढबाट किसानहरूले दिल्लीको यात्रा शुरु गरेका बीबीसी हिन्दीले जनाएको छ ।
किसानहरूलाई रोक्नका लागि दिल्ली पुलिसले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जसका कारण केही मुख्य सडकहरूमा गाडीको लामो लाइन लागेको छ ।
यसैबीच ठूलो सङ्ख्यामा ट्रयाक्टर, ट्रली लिएर दिल्लीतर्फ बढिरहेका किसानहरूको भीडलाई तितरबितर गर्नका लागि पन्जाब र हरियाणको बीच शम्भू बोर्डर नजिक प्रहरीले ड्रोनबाटै अश्रृ ग्यास प्रहार गरेको बीबीसी हिन्दीले जनाएको छ । केही किसानहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।
किसानहरू दिल्ली आउने भएपछि पन्जाब, हरियाणा र दिल्लीको सीमामा ठूलो सङ्ख्यामा बेरिकेड लगाइएको छ । दिल्ली आउने मुख्य सडकहरूमा कन्टेनर, बस र क्रेन राखिएको तथा केही ठाउँमा सिमेन्टको ब्यारिकेड लगाइएको खबरमा उल्लेख छ । दिल्ली पुलिसले पूरै प्रदेशमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।
किसानहरूको प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थलले सडकको अवस्थाको जानकारी लिएर मात्र यात्रामा निस्कन आग्रह गरेको छ ।
उनीहरूले केन्द्र सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, किसानहरूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने, किसानहरूलाई प्रदूषण कानुनभन्दा बाहिर राख्नुपर्ने, लगायतका माग राखेका छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन १, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



