

-
काठमाडौं : गाजासहित प्यालेस्टाइनका विभिन्न क्षेत्रमा भीषण हमला गरिरहेको इजरायलले आज फेरि अर्को ठूलो आक्रमण गरिरहेको छ । आज इजरायलले राफाहमा अन्धाधुन्ध बम वर्षाउँदा एक सय जना भन्दा धेरैको मृत्यु भएको एफपीले जनाएको छ । तर केही सञ्चारमाध्यमले भने ६७ जनाको मात्रै मृत्यु भएको बताएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले साना बालबालिकासहित एक सय जना प्यालेस्टाइनीको हत्या भएको र सयौँ घाइते भएको बताएको छ । रातको समयमा भएको आक्रमणको थप विवरण सङ्कलन भइरहेको छ। राफाहमा १ लाख जना प्यालेस्टाइनीले शरण लिइरहेका छन् । इजरायलले भने गएरातिको आक्रमणबाट २ जना बन्धकलाई रिहा गर्न सफल भएको जनाएको छ ।
गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा २ सय ४० जना बन्धक बनाएकोमा अझै एक सय जना भन्दा धेरै हमासकै कब्जामा छन् । इजरायलले गाजासहित प्यालेस्टाइनी सहरहरुमा गरिरहेको आक्रमणमा अहिलेसम्म २८ हजार ४ सय जना भन्दा धेरै प्यालेस्टाइनीको ज्यान गइसकेको छ ।
यसैबीच नेदरल्यान्ड्सको एक अदालतले इजरायललाई एफ–३५ लडाकु विमानको पाटपूर्जा बेच्न रोक लगाएको छ । इजरायलले गाजा आक्रमणमा प्रयोग गरिरहेको यो विमानका कारण थप मानवीय क्षति हुन सक्ने भन्दै अदालतले पाटपूर्जा बेच्न रोक लगाएको हो ।
News Desk 0 response सोमवार, माघ २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


