

-
इजरायल र गाजाबीच नयाँ युद्धविरामको प्रस्तावलाई हमासले सकरात्मक रुपमा लिएको छ । इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको सम्झौता र युद्धविरामको प्रस्तावबारे हमासले सकारात्मक प्रतिक्रिया दिएको हो ।
हमासलाई एक हप्ताअघि पठाइएको सम्झौताको प्रस्तावमा भएका विवरण भने सार्वजनिक नगरिएकाले अहिलेसम्म प्रष्ट हुन नसकेको बीबीसीले जनाएको छ । यसअघि इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूबीच साटासाट गर्ने र अस्थायी युद्धविराम गर्ने निर्णय भएको खबरमा उल्लेख छ ।
इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । अहिले इजरायको मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज इजरायलका अधिकारीहरूसँग हमासको प्रतिक्रियाबारे छलफल गर्ने बताएका छन् ।
हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँगको कुराकानीमा युद्धविरामको योजनालाई सकारात्मक रुपमा लिएको तर गाजाको पुनर्निर्माण, त्यहाँका बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता गर्ने र विस्थापितहरुको लागि भएका प्रावधानहरुमा केही संशोधन गरेर घाइतेको आवश्यक उपचार गर्नु पर्ने सर्त राखेका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासको प्रतिक्रियालाई सकारात्मक नै भएको बताएका छन् ।
News Desk 0 response बुधबार, माघ २४, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


