

-
चितवन ।
खैरहनी नगरपालिका वडा नं १ मा सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ ।
काशी नर्मदा स्मृति प्रतिष्ठान धादिङद्वारा निर्माण गरिएको पुस्तकालयको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो ।
लामो समयदेखि बालबालिकाको शिक्षामा सहयोग गर्दै आइरहेको संस्था काशी नर्मदा स्मृति प्रतिष्ठान स्थापनाको २१ औं वर्ष प्रवेशको अवसरमा पुस्तकालय भवन उद्घाटन गरिएको छ ।
पुस्तकालय उद्घाटन गर्दै मन्त्री मोक्तानले संस्थाको पहलमा सामुदायिक पुस्तकालय स्थापना गर्ने काम निकै सह्रानीय भएको बताउदै यसले सामुदायिक सिकाइ सहजीकरण र पुस्तान्तरण कार्यक्रममा ठुलो सहयोग पुर्याउने बताउनुभयो ।
‘पुस्तकालय भनेको हाम्रा पुराना रितीरिवाज, धर्मकर्म, सिकाइ र इतिहासलाइ अभिलेखिकरण गरेर राख्ने ठाउँ पनि हो ।’ मन्त्री मोक्तानले भन्नुभयो, ‘यस क्षेत्रका ऐतिहाँसिक कुराहरु, सस्कृति को संरक्षणमा मात्र नभइ पछिल्लो समयमा घट्दै गएको पठन सस्कृतिको विकासलाइ पनि सहयोग पुर्याउनेमा म विश्वस्त छु ।’
पुस्तकालयमा बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाइ अध्ययन गर्न मिल्ने ऐतिहाँसिक, धार्मिक, सामाजिक, राजनितिक विधाका करिव २ हजार थान पुस्तकहरु रहेका छन् ।
समाजसेवी धर्मराज दुवाडीले आफ्ना आमाबुवा र सानीआमाको सम्झनामा २०६० सालमा प्रतिष्ठानको स्थापना गर्नुभएको थियो । उक्त प्रतिष्ठानकै अगुवाइमा चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं १ मा सामुदायिक पुस्तकालयको निर्माण गरिएको हो ।
उक्त भवनमा पुस्तकालयको अलावा जेष्ठ नागरिक दिवा सेवा केन्द्र पनि सञ्चालन गरिने प्रतिष्ठानका सस्थापक सभापति धर्मराज दुवाडीले जानकारी दिनुभयो । दिउँसोको समयमा जेष्ठ नागरिकहरु भेला भइ एक आपसमा अनुभव आदान प्रदान गर्ने तथा भजनकिर्तन सत्सङ संचालन गर्ने तथा विहान र बेलुकाको समयमा अध्ययन गर्न चाहने बालबाबालिका र अन्य ब्यक्तिहरुको लागि पुस्तकालयको सेवा प्रदान गरिने छ ।
पुस्तकालय संचालनको लागि भवन निर्माण गर्नको लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सार्वजनिक निर्माण कार्यन्वयन इकाइ गजुरी, धादिङको नीलकण्ठ नगरपालिका तथा चितवनको खैरहनी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
पुस्तकालय उद्घाटन कार्यक्रममा शुभकामना ब्यक्त गर्दै खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाँ र वडा अध्यक्ष नवराज भुसालले पुस्तकालय संचालनका क्रममा थुप्रै चुनौतीहरु आउने बताउदै स्थानीय सरकारले आवश्यक समन्वय गरेर पुस्तकालय संचालनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
News Desk 0 response मङ्लबार, माघ २३, २०८०
उक्त उद्घाटन समारोहमा पुस्तकालय भवन निर्माण गर्न सहयोग गर्ने विभिन्न ब्यक्ति तथा सस्थाहरुलाइ सम्मान गरिएको थियो ।
पुस्तकाल उद्घाटन कार्यक्रममा नेपाल सरकार भूमिब्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रलयका सचिव गोकर्णमणी दुवाडी, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डां भीष्मकुमार भुषाल, पूर्व सहसचिव राममणी दुवाडी, समाजसेवी भेषराज दुवाडी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


