

-
पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परेर १० जना प्रहरीको मृत्यु भएको छ । डेरा इस्माइल खानको एक प्रहरी चौकीमा अतिवादीले आक्रमणमा गर्दा १० जना प्रहरीको ज्यान गएको र छ जना जना घाइते भएका बीबीसीले जनाएको छ ।
आउँदो बिहीवार हुन लागेको आमचुनावको तीन दिनअघि यो हमला भएको हो । खैबर पख्तुनख्वा प्रान्तीय प्रहरी प्रमुख अख्तर हयात गन्डापुरले ३० जनाभन्दा धेरै चरमपन्थीले प्रहरी चौकीलाई तीन तर्फबाट घेरेर आक्रमण गरेका र साढे दुई घण्टासम्म दोहोरो भिडन्त भएको बताएका छन् । पछिल्ला दुई वर्षमा खैबर पख्तुनख्वाका दक्षिणी जिल्लाहरूमा चरमपन्थी आक्रमण बढिरहेका छन् ।
पाकिस्तानमा आउँदो बिहीवार हुने चुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ । अदालतले विभिन्न मुद्दामा उनलाई ३४ वर्ष कैद सजाय सुनाएको छ । सेनाले आफ्नो इच्छाअनुसार नतिजा आउने गरी चुनाव गराउन थालेको भन्दै मानव अधिकारवादी र नागरिक समाजका प्रतिनिधिले चुनावको वैधतामाथि प्रश्न उठाएका छन् ।
News Desk 0 response सोमवार, माघ २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


