

-
काठमाडौं : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्युठान, गुल्मी, बाग्लुङ लगायतका पश्चिमी जिल्लामा पानी परेको हो । ती क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौंमा पनि पानी परेको छ ।
वर्षा र हिमपातले किसान खुसी भएका छन् । धेरैजसो ठाउँमा हिउँदको यो पहिलो वर्षा भएको हो । यसले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ । ढिलो गरी भए पनि हिमपात तथा वर्षा हुँदा हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका जुम्लाको तिला गाउँपालिमा–१ का स्थानीयवासी पार्वती बुढाले जानकारी दिए । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए ।
हिमपात र वर्षाले ठाउँठाउँमा सडक यातायात भने प्रभावित भएको छ । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको बाक्लो हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुमबाट काठमाडौं, पोखरा लगायतका ठाउँमा जाने गाडी ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बाग्लुङको बुर्तिबाङबाट रुकुम, जाजरकोटलगायतका ठाउँमा पुग्ने गाडी निसीखोलामा अड्किएका छन् । हिउँ हटाउन समय लाग्ने भएकाले अलपत्र परेका यात्रुलाई व्यवस्थापन गरिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।
यस्तै हुम्ला, जुम्ला, बाजुरा लगायतका जिल्लामा हवाई उडान हुन सकेको छैन । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको छ । काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ । एकरदुई ठाउँमा छिटफुट पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा मौसमविद् गंगा नगरकोटीका अनुसार आज राति बाग्मती र कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ । तर पूर्वमा आज पानी पर्ने सम्भावना छैन ।
यसैबीच हिमपातका कारण जाजरकोट भूकम्पबाट पीडित भएकाहरू थप समस्यामा परेका छन् । कात्तिक १७ गतेको भूकम्पले घर भत्काएपछि जाजरकोट, रुकुम लगायतका जिल्लाका केही भूकम्प प्रभावित अहिले पनि अस्थायी आवास र त्रिपालमै छन् । आठबीसकोट नगरपालिका–१४ की भूकम्प पीडित देवकली पुन मगरले हिमपात र पानीले चिसो बढेको बताए । विशेषगरी चिसोबाट बालबच्चा र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । त्रिपाल र टहरामा बसेका पीडितलाई थप जोखिम छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँमा लागिरहेको हुस्सु अब कम हुने पनि उनको भनाइ छ ।
News Desk 0 response बिहिबार, माघ १८, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


