• बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ ।

    छाला उद्योगको१० रोपनी जग्गा हडपेर जाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको बताईएको छ ।

    चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।

    २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।