• इजरायलले हिजो गाजामा भएको लडाइँमा आफ्ना २४ जना सेनाको मृत्यु भएको छ । गएको अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणको बदलामा गाजामा शुरु गरेको कारबाहीमा हिजो सबैभन्दा ठूलो क्षति भएको इजरायलले जनाएको छ ।

    हिजो गाजाका २ वटा भवनमा सेना रहेको मौकामा हमास विद्रोहीले विस्फोट गराउँदा २४ जनाको ज्यान गएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै इजरायली आक्रमणमा पनि २ सय जना प्यालेस्टिनीको ज्यान गएको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले हिजोको दिनलाई युद्ध शुरु भएदेखिको सबैभन्दा कठिन दिनहरूमध्ये एक भएको बताएका छन् । उनले हमासविरुद्द पूर्ण विजय नभएसम्म लड्न नछाड्ने पनि दोहोर्‍याएका छन् ।