

-
काठमाडौं ।
राजस्व अनुसन्धान बिभागका तत्कालीन महानिर्देशक दीर्घराज मैनालीले नक्कली भ्याटबिल बनाएर अरबौंको राजस्व अपचलन गर्ने अपराधिक गिरोहको पर्दाफास गरेपछि चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्ने र सोही सामान भारतमा बेचेको कीर्ते कागज बनाएर एक समूहले अरबौं रुपैयाँ मूल्य अभिबृद्धि कर(भ्याट ) रिफन्ड लिने गरेको खुलेको छ ।
चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्दै सोही सामान भारतमा बेचेको कागज वनाएर ‘भ्याट रिफण्ड’ गर्ने गिरोहको पहुँच बालुवाटारसम्म रहेको स्रोत बताउँछ । चीनबाट सिल्क पश्मिना धागो ल्याएर नेपालमा बिक्री गर्ने अनि सोही कागजको आधारमा नेपालको रिलाइन्स कम्पनीको नाइलन धागोको प्रयोग गरेर नयाँ सामान उत्पादन गरेर भारत बेचेर ‘भ्याट रिफण्ड’ गर्ने काममा पशुपति ओभरसिज टेड्रर्स लागेको तथ्य बाहिर आएको छ ।
त्यसका लागि आन्तरिक राजस्व विभाग अन्तर्गत करदाता कार्यालयका केही कर्मचारीले सहयोग गरिरहेका छन् । काठमाडौंको क्षेत्रपाटी नजिक ढल्कोमा कार्यालय रहेको पशुपति ओभरसिज टेड्रर्सका सञ्चालकक मुकेश अग्रवाल र रतन अग्रवालले भ्याट नम्वर ६०३९४१७४२ यो काम गरिरेका छन् ।
चीनवाट ल्याइएको धागोको सामान नेपालमै बिक्री गरेपछि आयातको काम सकिन्छ । तर, सोही बीलबिजकलाई प्रयोग गरेर नेपालमा उत्पादन गरेको सामान भारत लगेर भ्याटको रकम रिफण्ड लिँदा करोडौं राजस्व नेपाल सरकारलाई घाटा परेको छ । तर, यसबारेमा कसैले चासो राखेको छैन । कर कार्यालयका कर्मचारीकै मिलेमतोमा भइरहेको यो कामबारे पटक पटक उजुरी परे पनि सुनुवाइ नभएको एक व्यवसायीले बताए । यो काममा प्रधानमन्त्री पुत्री गंगा दाहालकै नाम बेचेर पशुपति ट्रेडर्सका अग्रवालले करोडौं कमाइरहेका छन् ।
दश बर्षअघि मात्र भारतबाट काठमाडौं छिरेका यी अग्रवाल बन्धुले अहिले नेपाली नागरिकता प्रयोग गर्दै काठमाडौंको क्षेत्रपाटी ढल्को आसपासमा अरबौंको सम्पत्ति जोडिसकेका छन् । ढल्को आसपासमा चार वटा घर निर्माण गरेका यी अग्रवालहरु जो शक्तिमा आए पनि पैसा बुझाएर बार्षिक अरबौं भ्याट रिफन्ड गरी नेपालको अर्थतन्त्रलाई नै खोक्रो बनाउन तल्लीन छन् । पछिल्लो समय प्रधानमन्त्री पुत्री गंगा दाहाललाई प्रभावमा पारेर यो समूहले तस्करी गरिरहेको निकटस्थहरु बताउँछन् । नेपालमा पैसा भएपछि जे पनि गर्न सकिने भन्दै उनीहरु कुकर्म गरिरहेका छन् । त्यसो त नेपालमा हुण्डीको कारोवार गर्नेमा पनि यी अग्रवालहरुको नाममा आउँछ ।
चीनवाट ल्याएको धागोले नेपालको अर्कै कारखानामा सामान उत्पादन गर्ने अनि त्यही सामान भारत निर्यात गरेको भन्दै भ्याट रिफण्ड गर्ने यी अग्रवालको समूहमा तीन जना रहेका छन् । नेपालको नियम अनुसार चीनको कच्चापदार्थ ल्याएर नेपालमा ‘फिनिसिङ’ गरेर भारत अथवा अर्को देशमा निर्यात गर्दा भ्याट सहुलियत हुन्छ । तर, अर्कै कच्चा पदार्थ प्रयोग गरेर नेपालमा निर्माण भएको सामान भारत लैजाँदा भ्याट रिफण्ड हुँदैन तर, पशुपति ओभरसिज ट्रेडर्सले भने सरकारी कर्मचारीको सहयोगमा यो काम गरिरहेको छ ।
आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयकै कर्मचारीको मिलेमतोमा पशुपति ओभरसिज ट्रेडर्सले अरबौं भ्याट रिफन्ड लिइसकेको छ । पशुपति ट्रेडर्सका मुकेश अग्रवाल दाजुभाइको यस्तो धन्दालाई बालुवाटारकै संरक्षण भएकाले राजस्व अनुसन्धान विभागले समेत संरक्षण गर्दैआएको छ ।
कीर्ते कागज बनाएर भ्याट रिफन्ड लिने पशुपति ट्रेडर्सका मुकेश अग्रवाललाई संरक्षण गरेको आरोपका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की प्रमुख स्वकीय सचिव गंगा दाहालसँग प्रतिक्रियाका लागि मंगलबार बिहान पटक पटक प्रयास गर्दा पनि फोन रिसिभ भएन ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्ने र सोही सामान भारतमा बिक्री गरेको देखाएर भ्याट फिर्ता लिन सहज नभएको बताए । उनले भने–भन्सारबाट निकासी भएको प्रमाण चाहिन्छ । कीर्ते कागजात बनाएर भ्याट रिफन्ड लिएको प्रमाण पाइएमा छानबिन हुन्छ । दोषी भए कानुन बमोजिम कारबाही हुन्छ ।
nepalface
News Desk 0 response मङ्लबार, माघ ९, २०८०

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



