• काठमाण्डौ : नेपाल प्रहरीको रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् ।

    आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।