• काठमाण्डाै : पूर्वसांसद एवम् सिभिल बचत तथा ऋण सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

    आज विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठकाे इजलासले तामाङलाई दाेषी ठहर गरेकाे हाे ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने मागदाबी गरेको थियो । याे मुद्दाकाे कसुर निर्धारणका लागि अदालतले माघ २१ गते अर्को पेसी तोकेको छ ।