

धुलिखेल-खावा खण्डमा ठेकेदार र कर्मचारीको मिलेमतोः चैतमा बनिसक्नुपर्ने सडक २५ प्रतिशत पूरा
सडक बनाउन सुरु गरेको १९ महिना भइसक्दा भौतिक प्रगति जम्मा २५ प्रतिशत
-
काभ्रे ।
२२ महिनामा काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको अरनिको राजमार्गको धुलिखेल खावा सडकखण्ड आगामी चैत १९ गतेभित्र बनिसक्नुपर्ने थियो । तर, सडक बल्लतल्ल २५ प्रतिशतमात्र पूरा भएको छ । यो सडक २० करोड १९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
ठेकेदारकै लापरबाहीले निर्माणमा ढिलाइ भएको दाबी गर्दै डिभिजन सडक कार्यालय भक्तपुरले पन्छिने गरेको छ । तर, उसले खासै कार्वाही अघि बढाएको छैन । सडक डिभिजन कार्यालकै कर्मचारीको मिलेमतोमा यो सडकखण्ड अलपत्र पारिएको जानकारहरु बताउँछन् । सडक विस्तारको काम समयमै नसकिँदा यात्रु र चालकले हैरानी खेप्नु पर्ने बाध्यता त छँदै छ सवारीसाधन चिप्लिएर सडकमै दुर्घटना हुने क्रम बढेको छ । सडक बनाउन सुरु गरेको १९ महिना भइसक्दा भौतिक प्रगति जम्मा २५ प्रतिशत छ ।
चीनसँगको तातोपानी नाका खुलेसँगै यो सडकमा सवारी चाप बढेको छ । धुलाम्मे सडकमा पानी हाल्दा सडक चिप्लो हुने र त्यसैमा मोटरसाइकल चिप्लिने गरेका छन् । पछिल्लो १९ महिनामा २ सयवटा मोटरसाइकल पल्टिएको तथ्याङ्क छ । यो सडक भएर दैनिक एक हजार भन्दा बढी सवारीसाधन गुड्ने गरेका छन् ।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल खावा खण्डको चार किलोमिटर सडक विस्तारको काम सुस्त छ । सडकको निर्माण छिटो सक्न प्रधानमन्त्रीले नै निर्देशन दिए पनि निर्माणले गति लिन सकेको छैन । सडक निर्माण ढिलो हुँदा चालक र यात्रुले पाउने हैरानी त छँदै छ दुर्घटनाको जोखिम पनि बढेको छ ।
केही साताअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रशासनिक तहमार्फत सडकको काम छिटो सक्न निर्देशन दिए पनि कामको गति उस्तै छ । गत कार्तिक २७ गते प्रधानमन्त्री दाहाल पाँचखाल नगरपालिकाको हरित पार्क शिलान्यास गर्न आउँदा सो सडकको अवस्थाबारे जानकारी लिएका थिए । उनले तुरुन्तै काम समन कर्मचारीलाई निर्देशन पनि दिएका थिए । तर, यसवारे कसैले चासो राखेन । काम अझै सुस्त भईरहेको स्थानीयवासिन्दा बताउँछन् ।
संघीय राजधानीबाट नजिकै रहेको मुख्य राजमार्गको दुरावस्था प्रति स्थानीय नागरिक खिन्न छन् । चुनावको मुखमा मर्मत गरेजस्तो गर्ने त्यसपछि बिर्सिने गरेको उनीहरूको गुनासो छ ।
News Desk 0 response बिहिबार, माघ ४, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


