• काठमाडौं : रुस – युक्रेन युद्धमा थप एक जना नेपालीको मृत्यु भएको छ । लमजुङ दूधपोखरी गा.पा. वडा नंं. १ घमरचोक निवासी साजन गुरुङको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । उनी भरखरै मात्र कामको सिलसिलामा रसिया गएका थिए ।

    बेरोजगारीको कारण रोजगारीको शिलशिलामा रशियामा गई अल्पआयुमै ज्यान गुमाउनु पर्दाको पीडामा परिवार रहेको छ । मृतकको बुबा श्रीमान गुरुङ वडा सदस्य समेत रहेका छन् ।

    यस घटनाको बारेमा परराष्ट्र मन्त्रालयले केही बताएको छैन ।