

-
काठमाण्डौ : काठमाण्डौमा आजदेखि पुनः मेलम्चीको पानी वितरण शुरु भएको छ । आजदेखि पुनः वितरण गरिएको पानी शुरुवातमा अनामनगर र मीनभवनमा वितरण गरिने छ । त्यसपछि क्रमशः महाङ्कालचौर, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा पुर्याइने खानेपानी मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा परिसरमा रहेको धाराबाट पानी पिएर खानेपानी वितरणको पुनः शुभारम्भ गरेका हुन् । चौथो पटक काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा पाँचौँ पटक शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई समान रुपमा खानेपानी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
उनले बाह्रै महिना उपभोक्तालाई पानी वितरण गर्ने आश्वासन दिएका छन् । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक–एक पटक तथा पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरीले दुई पटक उद्घाटन गरेका थिए ।
बाढी पहिरोबाट क्षतिग्रस्त भएपछि मेलम्ची मुहानबाट पानी पठाउने काम बन्द हुँदै आएको छ । यसपटक पनि गेग्रान मात्रै हटाएर काठमाण्डौमा पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । वर्षा लाग्नसाथ सुरुङ बन्द गर्नुपर्छ ।
मेलम्ची खानेपानी आयोजनाको भविष्य नै अनिश्चित रहेका बेला उद्घाटन गर्दै चर्चा कमाउन भने मन्त्रीदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्मकै होड चलिरहेको छ ।
News Desk 0 response सोमवार, माघ १, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


