

-
काठमाण्डौ : यस वर्षकाे पुस मसान्तसम्म कालीमाटी तरकारी बजारमा एक हजार छ सय १३ टन तरुल भित्रिएको छ । यो अघिल्लो वर्षको यही अवधिसम्मकाे तुलनामा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
अघिल्लो वर्ष चैतसम्म एक हजार छ सय ९३ टन तरुल भित्रिएकोमा अहिले पुस २९ गतेसम्म नै एक हजार छ सय १३ टन तरुल भित्रिएको समितिका प्रवक्ता तथा उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो । अझ तीन महिना तरुल भित्रिने समय भएको हुँदा अघिल्लो वर्षको तुलनामा धेरै भित्रिने उहाँ बताउनुहुन्छ । पुस महिनामा मात्र कालीमाटी तरकारी बजारमा एक हजार तीन सय ४५ टन तरुल भित्रिएको छ ।
पहिले–पहिले माघे सङ्क्रान्तिलाई लक्षित गरेर मात्र तरुलकाे उत्पादन हुने गर्थ्याे तर अहिले वर्षभरि नै तरुलको उपभोग गर्ने हुनाले खपत बढेको हो । अहिले उपभोग संस्कृति बढेको र हरेक महिना तरुल बजारमा आइरहने हुनाले पनि खपत बढेको समितिका प्रवक्ता तथा उपनिर्देशक श्रेष्ठको भनाइ छ ।
तरुल विशेषगरी सर्लाही, सुनसरी, मोरङ, धादिङ, मकवानपुर, झापा, दाङ, चितवनबाट धेरै भित्रन्छ । बजारमा सर्लाहीबाट झन्डै ४९ प्रतिशत, सुनसरीबाट १०, मोरङबाट आठ, धादिङबाट पाँच र झापाबाट चार प्रतिशत तरुल भित्रन्छ । भारतबाट पनि छ प्रतिशत तरुल भित्रने गरेको छ ।
बजारमा घर तरुल, वन तरुल, हात्ती पाइले, सिमल तरुल, पताले तरुल गरी विभिन्न प्रकारका तरुल पाइन्छ । माघे सङ्क्रान्तिमा विशेषगरी तरुल खाने प्रचलन हुँदा पुस मसान्तमा तरुलको कारोबार अत्यधिक हुने गर्छ ।
News Desk 0 response आइतवार, पुस २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


