

-
कीभ : युक्रेनको संसद्ले बिहीबार सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसद्मा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत महिना चेतावनी दिँदै सेनाले युक्रेनमा तैनाथ ६० लाख वा सो भन्दा बढी रूसी सैनिकहरू विरुद्ध लड्न थप ५ लाख मानिसहरूलाई परिचालन गर्न चाहेको बताउँदै सो विधेयक प्रस्तुत गरेका थिए ।
यता सत्तारुढ दलका नेता डेभिड अरखामियाले युक्रेनका सैन्य नेताहरूसँगको बन्द गोप्य बैठकपछि भने( ‘केही प्रावधानहरूले प्रत्यक्ष रूपमा मानवअधिकारको उल्लङ्घन गर्दछ। हामी सैनिक कमाण्डको अनुरोध बुझ्छौं र यसलाई पूरा गर्न तयार छौं। तर सबै नियमहरूलाई समर्थन गर्न सकिँदैन,’ उनले थपे ।
इयु समर्थक उदारवादी होलोस पार्टीका विपक्षी सांसद् यारोस्लाभ झेलेज्न्याकले युद्धमा थप जनपरिचालनसम्बन्धी विधेयकमा समर्थन नरहने आशय व्यक्त गरेका छन् । मस्कोले युद्धको फ्रन्टलाइनमा युक्रेन विरुद्ध तैनाथी बढाउने प्रयास गरिरहँदा युक्रेन पनि सैन्य परिचालन बढाउन इच्छुक छ ।
कीभले गत दुई वर्षमा आफ्नो के कति मानवीय र भौतिक क्षति भयो खुलासा गर्न नचाहे पनि ठूलो जनधनको क्षति बेहोरेको छ र जारी युद्धको दिशा अझै अस्पष्ट छ ।
News Desk 0 response शुक्रबार, पुस २७, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


