

-
काठमाडौं : सरकारको सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरोत्थानका लागि सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।
सरकारको लक्ष्य आज बुधवार पूरा भएको हो । यस वर्ष आज बिहान ५ बजेसम्ममा नौ लाख ९९ हजार एक सय नौ जना पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । आज दिउँसो ४ बजेसम्ममा थप तीन हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका अध्यागमन विभागले जनाएको छ । सन् २०२३ सकिन चार दिन बाँकी छँदै सरकारको लक्ष्य पूरा भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।
कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए । तर कोरोना महामारीका कारण सन् २०२० मा नेपालमा विदेशी पर्यटकको सङ्ख्या दुई लाख ३० हजार ८५ जनामात्रै थियो । त्यो सङ्ख्या अझै घटेर सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटक मात्रै नेपाल आए । कोभिड–१९ बाट बच्न लगाइएका प्रतिबन्धहरू हटेपछि सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका थिए ।
सरकारले अझै राम्रोसँग बजारीकरणसहित पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको भए सन् २०१९ कै हाराहारीमा पर्यटक आउने सम्भावना रहेको निर्देशक लामिछानेले बताउनुभयो । तर यस वर्षको पर्यटक आगमन पनि नेपालका लागि उत्साहपूर्ण रहेको उनको भनाइ छ । यो वर्ष नेपालमा भारत, अमेरिका र चीनबाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । पर्यटन बोर्डले अब वार्षिक १२ लाख पर्यटक भित्र्याउने गरी तयारी शुरु गरेको जनाएको छ ।
News Desk 0 response बुधबार, पुस ११, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


