• काठमाडौं : आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले बताए ।

    लामिछानेका अनुसार काठमाडौं उपत्यकाको मौसम भने आज सामान्यतया सफा रहने छ ।

    बिहान केहीबेर काठमाडौं उपत्यकासहित पहाडी र तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको भए पनि घाम लागेसँगै हट्न थालेको र मौसम सफा रहेको उनले बताए । काठमाडौंमा आज पारिलो घाम लाग्ने उनले बताए ।