• पाल्पा : पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका-३ का विष्णु ढकालको मृत्यु भएको हो ।

    दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका(१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका–५ रोल्पाका हिमाल घर्ती घाइते भएका छन् । घाइते दुवै जनाको तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएको हो । टिपरका चालक घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।