

-
काठमाडौं : सरकारले विभिन्न मन्त्रालय र निकायहरुमा सचिव सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।
पर्यटनमा कोशी प्रदेशका प्रमुख सचिव दीपक काफ्ले सरुवा भएका छन् । साउन २०७९ मा सचिव भएका उनी पहिलो पटक सचिवका रुपमा सिंहदरबार प्रवेश गर्दैछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिँचाइ सचिव गोपाल सिग्देल सोही मन्त्रालयको ऊर्जा सचिवमा सरुवा भएका छन् । अरु पनि केही सचिव सरुवाको सूची तय भए पनि केही मिलाउनुपर्ने भन्दै विवरण सार्वजनिक गरिएको छैन । खानेपानी मन्त्रालयका सचिव रामआधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाउने तयारी छ । सतर्कता केन्द्रका सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।
सिँचाइ सचिवको जिम्मेवारी जल तथा ऊर्जा आयोगमा रहेका सुशीलचन्द्र तिवारीलाई दिने तयारी गरिए पनि टुंगो लागेको छैन । स्रोतका अनुसार जल तथा ऊर्जा आयोगमा सरिता दवाडीलाई पठाउने तयारी छ ।
शहरी विकास मन्त्रालयमा समेत सचिव फेरिन सक्ने प्रधानमन्त्री तथा मन्त्रिपिरषद कार्यालय स्रोतको दाबी छ ।
News Desk 0 response शुक्रबार, मंसिर २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


