

-
महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए। “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ”, उनले भने, “अबको दुई÷तीन महिनामा काम पूरा हुन्छ ।”
आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ । “कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्”, उनले भने, “त्यसका लागि आवश्यक तयारीमा जुटेका छौँ ।”
उनका अनुसार भारतीय पक्षले नियमित पानी दिनका लागि संयुक्त उद्घाटन लगायतका प्रक्रियामा गृहकार्य अघि बढाएको खबर प्राप्त भएको छ । सोहीअनुसार आफूहरुले समन्वय गरिरहेको उनको भनाइ छ ।
महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ । आयोजनाका अन्तर्गत हाल २२ वटा शाखा नहर निर्माणका चरणमा छन् । जसमध्ये २० र २१ नम्बर शाखा नहरमा मुआब्जाको विषयले अल्झन रहेको आयोजनाले जनाएको छ । “शाखा नहरमा पर्ने जग्गाको कबिर ६०÷७० प्रतिशत मुआब्जा रकम दिइसकेका छौँ”, उनले भने, “मुआब्जा दिन रकम अभाव भएपछि मन्त्रालयमा माग गरेका छौँ ।”
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
News Desk 0 response आइतवार, मंसिर १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


