• काठमाडौं : उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।

    न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज बिहीवार सुनुवाइ सकिएको र भोलि शुक्रवार निर्णय हुन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

    जिल्ला अदालत काठमाडौंले सुनाएको थुनछेक आदेशविरुद्द दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले भोलि निर्णय सुनाउने भएको हो ।