• ७ मंसिर, काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

    गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।

    राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

    सम्मान गरिएका करदाता कम्पनीहरू :

    सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

    निर्यात कारोबार : डाबर नेपाल प्रालि

    विषेश उद्योग : एसियन पेन्ट्स

    कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली

    सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त

    बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई

    बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन

    स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

    पर्यटन : मनोकामना दर्शन प्रालि

    वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

    मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज

    ऊर्जा : भोटेकोसी पावर कम्पनी

    रेमिटेन्स : आईएमई लिमिटेड

    व्यक्ति आय : विजयकुमार शाह

    आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो  दुई विधामा सम्मानित भयो)