

सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि सिफारिस अवरुद्ध
सर्वोच्च अदालतसहित सात उच्च अदालतमध्ये ६ वटामा मुख्य न्यायाधीश पनि खाली छन् ।
-
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर विभिन्न कारणले साढे दुई वर्षदेखि नियमित न्यायाधीश सिफारिस प्रक्रिया अवरुद्ध छ । लामो समयदेखि सर्वोच्च अदालतका न्यायाधीशको नाम सिफारिस भएको छैन ।
विभिन्न कारणले न्यायाधीशहरुको नाम सिफारिसमा ढिलाइ भइरहेको छ ।
केही महिनाअघि न्यायाधीश विनोद शर्माको नियुक्तिलाई अपवाद मान्ने हो भने २०७८ जेठपछि सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस हुन सकेको छैन । २१ मध्ये ७ न्यायाधीश रिक्त भएकाले १४ जना न्यायाधीशले मात्रै नियमित काम गरिरहेका छन् । औपचारिक तथा अनौपचारिक बैठकमा सिफारिसको चर्चामा रहेका एकाध व्यक्तिको हकमा सबै पदाधिकारीबीच सहमति छैन ।
रिक्त सात मध्ये कानून व्यवसायीहरुबाट अधिकतम २ र न्याय सेवामै रहेका न्यायाधीशहरुबाट पाँच जनासम्म लैजाने बिषयमा सामान्य सहमत भने देखिन्छ ।तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध कानून व्यवसायी र सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलित भएपछि न्यायपरिषद् र न्याय सेवा आयोग अवरुद्ध भएको थियो ।
केही महिनादेखिको अन्यौलका कारण १२ जेठ २०७८ मा अवकाश पाएका न्यायाधीश पुरुषोत्तम भण्डारीको ठाँउमा अर्को न्यायाधीशको नाम सिफारिस हुन सकेन ।
१ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग दर्ता भएलगत्तै दीपककुमार कार्की कामू प्रधानन्यायाधीश भए र न्यायपरिषद् सक्रिय बनाउने बाटो खुल्यो । २०७९ साल लागेदेखि नै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको देखिन्छ ।
२ जेठ २०७९ मा वरिष्ठतम न्यायाधीश मीरा खड्का अवकाश भएको थियो । अवकाश हुनुभन्दा एक महिनाअघि नै उनको ठाँउमा अर्को न्यायाधीश सिफारिस हुनुपर्ने थियो । तर, भएन ।
त्यसपछि तेजबहादुर केसीले १९ जेठ २०७९ मा अवकाश पाए । केसी पछि न्यायाधीश अनिलकुमार सिन्हाको अवकाश भयो । तर, उनीहरुको स्थानमा नयाँ न्यायाधीश नियुक्त हुन सकेनन् ।
सर्वोच्च अदालतसहित सात उच्च अदालतमध्ये ६ वटामा मुख्य न्यायाधीश पनि खाली छन् ।
News Desk 0 response मङ्लबार, मंसिर ५, २०८०


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०